म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

म्याग्दी | कात्तिक २, २०८१

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

म्याग्दी:     म्याग्दीको मालिका र बागलुुङको तमानखोला गाउँपालिका जोड्ने दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ सडक स्तरोन्नति सुरु भएको छ । 

    
गण्डकी प्रदेश सरकारको बजेटबाट यो सडक आयोजनाअन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका–३ अदिभारादेखि औँला हुँद्रैँ डाडागाउँ–किटिनी क्षेत्रमा स्तरोन्नति हुन लागेको हो । 

    
पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अदिभारातर्फबाट डोजर र मजदुर परिचालन गरेर सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण थालेको मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुुढाले जानकारी दिनुभयो ।

    
“सडक निर्माणलाई तीव्रता दिनका लागि वैकल्पिक सडक मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “मालिका गाउँपालिका–२, ३ र ४ नम्बर वडाका बासिन्दाका साथै बागलुङको तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक रणनीतिक हिसाबले महत्वपूर्ण छ ।”

    
विस २०७५मा मालिका गाउँपालिकाले अदिभारादेखि डाडागाउँ हुँदै तमानखोला जोड्ने सडकको मार्ग खोलेको थियो । 


गण्डकी प्रदेश सरकारले रु दश करोड बजेटको स्रोत सुनिश्चित गरेको यो सडक स्तरोन्नतिका लागि गत असार महिनामा एपिसी÷आरआरसी÷पिएनएस जेभीले रु पाँच करोड ८२ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताउनुभयो । 

    
आयोजनामार्फत यो सडकलाई ग्राभेल गर्न लागिएको हो । सडकको प्रवेश बिन्दुमा पर्ने अदिभारास्थित दाजुङखोलामा कार्यालयमार्फत २५ मिटर लामो मोटरेबल पुल निर्माणाधिन रहेको छ । 


म्याग्दी १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तीवाङ खण्डको तुलनामा छोटो पर्ने भएकाले यो सडकलाई लोकमार्गको वैकल्पिक सडकको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । 

    
बागलुुङको बुर्तीवाङदेखि तमानखोला तर्फपनि यसै वर्षदेखि सडक स्तरोन्नतिको काम सुरु भएको छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्